Logo

राजस्व संकलन लक्ष्य भन्दा ७ अर्व बढी, गत आवमा ४ खर्व ८२ अर्वको उठ्यो

राजस्व संकलन लक्ष्य भन्दा ७ अर्व बढी, गत आवमा ४ खर्व ८२ अर्वको उठ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७२ /७३ मा ४ खर्व ८२ अर्वको राजस्व संकलन भएको छ । जुन सरकारको लक्ष्य भन्दा ७ अर्व बढी हो । गत आवको असारसम्म ४ खर्व ७५ अर्व राजस्व संकलनको लक्ष्य थियो ।

मंगलवार एक पत्रकार सम्मेलन गरी अर्थन्त्री विष्णु पौडेलले जानकारी दिए । असहज तथा आपूर्ती प्रणालीमा देखिएको अवरोधको बावजुत लक्ष्यको तुलनामा १ सय २ प्रतिशत प्रगती भएको बताइएको छ । आव २०७२ /७३को कुल राजस्व असूलीमध्ये कर राजस्वतर्फ ४ खर्व २२ अर्व र गैरकर तर्फ ६० अर्व असूली भएको हो ।

यो कुल राजस्वको अनुपातमा क्रमशः ८७ र १२ प्रतिशत रहेको छ । त्यस्तै गत बर्षको तुलनामा यस बर्ष कर राजस्वको संरचनामा सकारात्मक परिवर्तन भएको छ । आयकर तर्फको संरचनात्मक अनुपातमा करिव ३ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्