Logo

देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्र चौलागाँई पक्राउ, साढे ४ करोड हिनामिना गरेकाे आरोप

देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्र चौलागाँई पक्राउ, साढे ४ करोड हिनामिना गरेकाे आरोप



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईँलाई पक्राउ गरेको छ । उनी संचालक रहेको सहकारीले बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोपमा सीआइबीले उनलाई पक्राउ गरी अनुसन्धान धालेको हो ।

सीआईबीले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै बचतकर्ताबाट विभिन्न शिर्षकमा पैसा उठाएको र फिर्ता गर्न नसकेको भन्दै उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको हो । उनले हालसम्म बचतकर्तालाई कहिले पैसा दिने भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन देखाउँदै आएका थिए ।

बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम नदिएपछि प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए । सञ्चालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत उठाएर नदिएको बचतकर्ताको आरोप छ।

सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि सहकारीलाई कर्जा सूचना केन्द्रले पनि कालो सूचीमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्