Logo

प्रधानमन्त्री शुक्रबार भूकम्प प्रभावित बझाङ जाने, तत्काल राहत दिन निर्देशन

प्रधानमन्त्री शुक्रबार भूकम्प प्रभावित बझाङ जाने, तत्काल राहत दिन निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड भोलि (शुक्रबार) बझाङ जाने तयारी गरेको उनका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आज (बिहीबार) विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा बझाङ, बाजुरा लगायत जिल्लाका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताएका थिए । उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL