Logo

काठमाडौँबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौँ नै फर्कियो, यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा पुर्‍याइने

काठमाडौँबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौँ नै फर्कियो, यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा पुर्‍याइने



काठमाडौँ । काठमाडौँबाट साउदी अरेबवियाको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एक घण्टामै गए राति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाडौँ फर्किएको हो ।

जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जहाज गए राति ११ बजेर १० मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो ।

‘पाकिस्तानको सीमा नजिकै पुगेको जहाज प्रविधिमा खराबी आएको थाहा पाएपछि भारतीय आकाशबाटै फर्किएको हो’, विमानस्थलका एक कर्मचारीले भने । उनका अनुसार यो जहाजका यात्रुलाई अब नेपाल एअरलाइन्सकै अर्को जहाजबाट गन्तव्यमा पुर्‍याइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL