Logo

‘नार्कोसी’ संचालनमा, सबै समाचार एकै ठाउँमा हेर्न सकिने

‘नार्कोसी’ संचालनमा, सबै समाचार एकै ठाउँमा हेर्न सकिने


बिजखबर संवाददाता
0
Shares

अष्ट्रेलिया। विभिन्न अनलाइन समाचार पोर्टलमा प्रकाशित समाचार, विचार तथा सूचनाहरुलाई एउटै साइटमा उपलब्ध गराउने उद्देश्य अनुरुप नार्कोसी संचालनमा आएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली पाठक, स्रोता तथा दर्शकहरुलाई आफ्नो ईच्छा अनुसारको समाचार, विचार तथा सूचनासम्म सजिलो पहूच पुर्याउने उद्देश्यले बुनेशा इन्टरनेसनलले नार्कोसी डटकम संचालनमा ल्याएको हो ।

अष्टे«लियामा रहेका सूचना प्रविधि विज्ञ तथा पत्रकारहरुको लामो अध्ययन तथा अनुसन्धानपछि उक्त समाचार पोर्टलको स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले बताए । ‘यो साइट स्वदेश र विदेशमा भएका नेपालीलाइ नेपाली र अंग्रेजी भाषामा छिनछिनमा प्रकाशित हुने समाचार तथा सुचनाहरु एउटै साइटमा हेर्न सकिने, रेडियो र भिडियो आपूmले रोजे अनुशार सुन्न र हेर्न सकिने गरि तयार गरिएकोले यो साइट सबैका लागि उपयोगी रहेको छ,’ उनले भने ।

साथै,नार्कोसी संचार माध्यम, संचार माध्यमका अनुगमनकारी संस्था र उपभोक्ता सबै बिचको पुल बन्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL