काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न उपासना पौडेललाई बीमा प्राधिकरणले अनुमति दिएको छ । कम्पनीको संचालक समितिको बैठकले गएको आईतबार मात्रै उनलाई सिईओ नियुक्तीका लागि प्राधिकरणसमक्ष प्रस्ताव पेश गरेको थियो । सोही प्रस्तावलाई प्राधिकरणले बुधबार पारित गरिदिएको हो ।
यसअघि सिईओ रहेका चन्द्रशेखरनले राजीनामा दिएपछि कम्पनी संचालक समितिले पौडेललाई सिईओको रुपमा प्रस्ताव गरेको थियो । यस्तै कम्पनी संचालक समितिले उनको तलवमान पनि मासिक २२ लाख रुपैयाँ प्रस्ताव गरेको थियाे । तर प्राधिकरणले ९ लाख ७१ हजार रुपैयाँ मात्रै तलव पारित गरिदिएको छ । अब उनले कम्पनीकाे सिईओमा रहँदा ९ लाख ७१ हजार रुपैयाँ मात्रै तलव पाउनेछिन् ।
यसअघि पौडेल हिमालयन रि कै डेपुटी सिईओ पदमा थिईन् । हिमालयनमा डेपुटी सिईओ नियुक्त हुनु अघि उनी तत्कालीन युनाइटेड इन्स्योरेन्समा सिईओको रुपमा कार्यरत थिईन् ।