Logo

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य भने स्थिर



काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको सुनको मूल्य बुधबार भने उकालाे लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यसरी बुधबार मात्रै सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको हो ।

प्रतिक्रिया दिनुहोस्