Logo

विद्युत महशुल वृद्धिको निर्णय फिर्ता लिन आग्रह,वृद्धिले उद्योगी थप मारमा पर्ने ठहर

विद्युत महशुल वृद्धिको निर्णय फिर्ता लिन आग्रह,वृद्धिले उद्योगी थप मारमा पर्ने ठहर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले विद्युत महशुलमा गरेको वृद्धिको निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै निणर्य तत्काल फिर्ता लिन आग्रह गरेको हो । विद्युत महशुल निर्धारण आयोजले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महशुल दरमा वृद्धि गरेको छ ।

विद्युत महशुलमा गरिएको वृद्धिले उद्योग व्यवसाय थप मारमा पर्ने महासंघको ठहर छ । ‘एकातिर पर्याप्त विजुली पनि नदिने र अर्कोतिर चर्को मुल्य वृद्धि पनि गर्ने ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ‘ यो कस्तो प्रकारको न्याय हो । साथै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउने उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरणको घाटा पूर्ति गर्न विद्युत महशुल बढाएको भन्दै यो कुनै पनि हिसावले उपयुक्त नभएको बताएको छ । महासंघले औद्योगिक क्षेत्रमा एकातिर नियमित विद्युत आपुर्ति नहुने, विद्युत आपूर्ति भइहाले पनि भोल्टेज नपुग्ने, घोषित लोडसेडिङ भन्दा झण्डै तीन घण्टा थप लोडसेडिङ हुने जस्ता समस्या भएको बताएको छ । साथै यस्ता समस्या समाधानतर्फ कुनै ध्यान नदिई पर्याप्त सार्वजनिक सुनुवाई र निजी क्षेत्रको सहमतीबीना विद्युत महशुल बढाइएको महासंघको गुनासो छ ।

‘विद्युत आपूर्ति भए पनि नभए पनि उद्योगले न्यूनतम डिमाण्ड चार्ज तिर्नु परिरहेको छ’ विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी विद्युत महशूल दर बृद्धि गर्ने निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप मारमा पर्ने बताएको छ । त्यस्तै लागत मूल्यमा समेत वृद्धि भएर उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता खस्कने महासंघको ठहर छ ।

‘विद्युत प्राधिकरणले मुल्य बृद्धि करिव १९ प्रतिशतको हाराहारीमा भएको दावी गरेपनि यथार्थतामा त्यो देखिदैन’ महासंघले भनेको छ , ‘आयोगले गरेको मुल्य वृद्धिलाई हेर्दा, उद्योगहरुका लागि पुसदेखि चैतसम्मको राति ११ बजेदेखि विहानको ५  बजेसम्मका लागि ९८ देखि १२७ प्रतिशत, बाँकी महिना र समयका लागि औषतमा २० प्रतिशतले वृद्धि भएको पाइन्छ ।’

प्रतिक्रिया दिनुहोस्