Logo

कर्मचारी सरुवा सम्वन्धी पोर्टल सञ्चालनमा, अव अनलाइनबाट सरुवाको निवेदन भर्न सकिने

कर्मचारी सरुवा सम्वन्धी पोर्टल सञ्चालनमा, अव अनलाइनबाट सरुवाको निवेदन भर्न सकिने


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । अव अन्तरमन्त्रालय सरुवा हुन चाहने निजामती कर्मचारीले अनलाइन आवेदन दिन सक्ने भएका छन् । सोमबारबाट निजामती कर्मचारीको सरुवा पोर्टल सञ्चालनमा आएसँगै यस्तो सुविधा उपलब्ध भएको हो ।

सरुवा प्रक्रियालाई व्यवस्थित , विद्युतीय प्रविधिीमैत्री र सहज बनाउने उद्देश्यका साथ अनलाइन सरुवाको पोर्टल सञ्चालनमा ल्याइएको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । जसअनुसार अन्तरमन्त्रालय सरुवा हुन चाहने कर्मचारीले अनलाइन पोर्टलमार्फत निवेदन पठाउन सक्नेछन् ।

निजामती सेवा ऐन २०४९ र निजामती सेवा नियमावली २०५०को व्यवस्था बमोजिम सरुवाका आधारहरु पुगेका श्रेणीविहीन देखि राजपत्राकिंत द्धितीय श्रेणीसम्मका हाल कार्यरत निकायबाट अन्यत्र सरुवा हुन चाहने कर्मचारीले अनलाइन आवेदन डब्लुडब्लुडब्लु डट सरुवा डट मोगा डट जिओभी डट एनपी मार्फत आवेदन दिन सक्ने बताइएको छ ।

सो पोर्टलबाट प्राप्त निवेदन उपर कारवाही गरी सम्वन्धित कर्मचरीलाई एसएमएसबाट जानकारी दिने व्यवस्था मिलाइएको छ । त्यस्तै अनलाइन निवेदन अतिरिक्त विगतमा जस्तै सरुवा निवेदन फारम भरी अन्य कागजातहरुसहित सामान्य प्रशासन मन्त्रालयमा दर्ता गर्न सकिने व्यवस्था समेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्