Logo

लगानीकर्ताका गुनासा सुनुवाई गर्न धितोपत्र बोर्डले सुरु गर्‍यो ‘च्याटबोट’, सेयर शिक्षामा पुग्ला त सहयोग ?

लगानीकर्ताका गुनासा सुनुवाई गर्न धितोपत्र बोर्डले सुरु गर्‍यो ‘च्याटबोट’, सेयर शिक्षामा पुग्ला त सहयोग ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानीकर्ताका गुनासा सुनुवाइ गर्न वेवसाइटमा च्याटबोटको सुरुवात गरेको छ । सोमबार (आज) देखि सुरु भएको विश्व लगानीकर्ता सप्ताह–२०२३को उद्घाटन कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष रमेश हमालले च्याटबोटको सुरुवात गरिएको जानकारी दिए ।

अध्यक्ष हमालले भने ‘अब लगानीकर्ताहरुले आफ्ना गुनासा र जिज्ञासा च्याटबोटमार्फत राख्न सक्नेछन् यसमार्फत प्राप्त गुनासा र जिज्ञासा छिटोभन्दा छिटो सुनुवाइ गर्न हामी तत्पर छौँ।’

वित्तीय साक्षरताको एकदमै कमि भएको अवस्थामा बोर्डले सुरुवात गरेको च्याटबोटले केही हदसम्म साक्षरता बढाउन भूमिका खेल्ने अध्यक्ष हमालको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्