Logo

प्रतितोला १ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

प्रतितोला १ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले ओरालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको सुनको मूल्य आईतबारको तुलनामा १ सय रुपैयाँले ओरालो लाग्दा सोमबार प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार आईतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले ओरालो लागेर १३ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्