Logo

पशुपतिको जलहरी प्रकरण : कोषका सदस्य सचिव र कोषाध्यक्ष विरुद्ध मुद्धा दायर

पशुपतिको जलहरी प्रकरण : कोषका सदस्य सचिव र कोषाध्यक्ष विरुद्ध मुद्धा दायर



काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा दुईजना विरुद्ध मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४ सय ९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने बताएपछि अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ निकासा गरेको थियो । त्यसपछि कोषले नेपाल राष्ट्र बैंकसँग १ सय ३ किलो ७ सय ७३.१ ग्राम सुन किनेको थियो ।

तत्कालिन सदस्य सचिव ढकाल र कोषाध्यक्ष तथा जलहरी निर्माण समितिका संयोजक थापाले सुनको संरक्षण गर्नुपर्नेमा नगरेको र जलहरी निर्माणमा आधिकारिक ज्ञान नभएको विज्ञलाई काम गर्न दिएको अख्तियारको आरोप छ । उक्त जलहरी निर्माणमा १०१ किलो ४८.५ ग्राम मात्र सुन प्रयोग भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्