काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनीले संचालक समितिको बैठकले उनलाई सिईओमा नियुक्त गरेको हो । यसअघि सिईओ रहेका चन्द्रशेखरनले राजीनामा दिएका थिए ।
यसअघि पौडेल हिमालयन रि कै डेपुटी सिईओ पदमा थिईन् । हिमालयनमा डेपुटी सिईओ नियुक्त हुनु अघि उनी तत्कालीन युनाइटेड इन्स्योरेन्समा सिईओ सिईओको रुपमा कार्यरत थिईन् ।