Logo

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ८ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले ओरालो लागेको छ । नेपाली बजारमा गएको शुक्रबार प्रतितोला १३ सय ९५ पुगेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्