Logo

आठ दिनको चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज फर्किदै

आठ दिनको चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज फर्किदै



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्कदै छन् । आठ दिनको चीन भ्रमण सकेर उनी चीनको स्वशासित क्षेत्र तिब्बतबाट स्वदेश फर्कन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अरु देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनी गएको असोज ५ गते अमेरिकाबाट सिधै छिमेकी देश चीनको औपचारिक भ्रमणका लागि गएका थिए ।

चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका समकक्षी ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL