Logo

रोकिएन सुन तस्करी, दोलखाबाट चार किलो सुनसहित तीन जना पक्राउ

रोकिएन सुन तस्करी, दोलखाबाट चार किलो सुनसहित तीन जना पक्राउ



काठमाडौँ । हङकङबाट तस्करी भएको ठूलो परिमाणको सुन तस्करी प्रकरण अनुसन्धान चलिरहेका बेला पनि सुन तस्करीका घटनाहरु रोकिएका छैनन् ।

दोलखाको सिँगटीबाट फेरि तस्करीको सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले बुधबार राति चार किलो परिणामको सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिएका छन् ।

लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । ‘करिब चार किलो सुनसहित तीन जना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने, ‘आज (बिहीबार) सार्वजनिक गर्छौ ।’ एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL