Logo

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम दुई अर्बमाथि

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम दुई अर्बमाथि



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । मंगलबार सेयर बजार १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा पुगेको छ । सोमबार सेयर बजार ५.८९ अंकले घट्दै २००४ को विन्दुमा पुगेको थियो ।

मंगलबार सेयर बजार समग्रमा ०.९२ प्रतिशत बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । मंगलबार सेयर बजारको कारोबार रकम पनि बढेको छ । मंगलबार २ अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैयाँ बराबरको भएको छ । सोमबार १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

आज कारोबारमा आएको १३ उप समूह मध्ये १२ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी १ उप समूहको सेयर मूल्य घटेको छ । आज होटल तथा पर्यटन समूहतर्फको सेयर मूल्य ०.१८ प्रतिशतले घटेको हो । मंगलबार सबैभन्दा धेरै फाइनान्स समूहको सेयर मूल्य बढेको छ । यस समूह तर्फको सेयर मूल्य आज १.४४ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका अनुसार आज कारोबारमा आएका १ सय ९० कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी, ३९ कम्पनीको सेयर मूल्य घटेको छ भने, ३ कम्पनीको सेयर मूूूल्य यथावत रहेकोछ । आज २ सय ८६ कम्पनीको ८७ लाख ४ हजार ४ सय ७७ कित्ता सेयर ७८ हजार ६ सय १६ पटक कारोबार भएको छ । कारोबारमा आएको ६ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

मंगलबार एनआइसी एसिया बैंकको कारोबार अग्रस्थानमा छ । बैंकको ८ करोड ३४ लाख रुपैयाँभन्दा धेरै कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सन नेपाल लाइफ इन्सुरेन्स र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्