Logo

ग्याँस सिलिण्डर निशुल्क सट्टापट्टा गरिने, हेर्नुहोस कुन–कुन कम्पनीको साटिँदै छ ?

ग्याँस सिलिण्डर निशुल्क सट्टापट्टा गरिने, हेर्नुहोस कुन–कुन कम्पनीको साटिँदै छ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले खाली ग्याँसका सिलिण्डर निशुल्क सट्टापट्टा गरिदिने भएको छ । उपत्यकामा ग्याँसको चरम अभाव भएका वेला वाहिरबाट धेरै वटा ब्राण्डका सिलिण्डर भित्रिएको भन्दै संघले त्यस्ता ग्याँस सिलिण्डर सट्टापट्टा गरिदिन लागेको हो ।

विभिन्न सरकारी निकायको अनुरोध तथा उपभोक्ताको सुविधालाई मध्यनजर गरी सिलिण्डर सट्टापट्टा गरिदिन लागेको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । नाकाबन्दीको समयमा वाहिरबाट विभिन्न ब्राण्डका सिलिण्डरहरु धेरै मात्रामा भित्रिएको संघको दावी छ ।

संघले यही साउन २ गते देखि ८ गते सम्म निशुल्क सट्टापट्टा गर्नेे भएको छ । जसका लागि संघले तोकेको स्थानमा खाली सिलिण्डर ल्याउन समेत आग्रह गरेको छ ।

gas-cylinder

प्रतिक्रिया दिनुहोस्
MBL