सरकारले लगानी बोर्डमा निजी क्षेत्रको प्रतिनिधि सदस्य नियुक्ती गरेको छ । मन्त्रीपरिषद्को आज शुक्रवार बसेको वैठकले बोर्ड सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको हो
वैठकले गुगल ब्वोइका नामले चिनिने आदित्य दाहालको नाममा स्थापित आदित्य संरक्षण प्रतिष्ठानलाई १ करोड रुपैयाँ दिने निर्णय पनि गरेको छ । त्यस्तै, बैठकले मणिराम ओझालाई न्याय सेवाको विशिष्ट श्रेणीमा बढुवा गरेको छ ।