Logo

औषधिको मूल्य समायोजन गर्न ६ महिना म्याद थप, सकिएन मूल्य निर्धारण समितिको काम

औषधिको मूल्य समायोजन गर्न ६ महिना म्याद थप, सकिएन मूल्य निर्धारण समितिको काम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले औषधिको मूल्य समायोजनका लागि ६ महिना म्याद थप गरेको छ । गत चैतमा मूल्य समायोजनका लागि भन्दै ४ महिना समय थप गरेकोमा सो समय सकिएपछि पुनः ६ महिना थप गरेको हो ।

गत चैतमा सरकारले औषधिको मूल्य निर्धाण सम्बन्धी उच्च स्तयरीय आयोग गठन गर्ने निर्णय सहित ४ महिनाको म्याद थप गरेको थियो । तर, आयोगको कामकारवाही अघि नबढेको अवस्थामा स्वास्थ्य मन्त्रालयले पुनः ६ महिनको समय थप गरेको हो ।

जस अनुसार औषधि व्यवसायीहरुले २०७३ पुस मसान्तसम्म पुरानै मूल्यमा औषधि बेच्न पाउने छन् । त्यस पछि भने नयाँ मूल्य अनुसार समायोजन गर्नुपर्ने हुन्छ । सरकारले यस अघि २०७२ साउन १८ गते औषधिको मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको थियो ।

आगामी दिनमा मूल्य निर्धारण समितिले तय गरे अनुसार औषधि मूल्य समायोजन गरिने लोमश फर्मास्युटिकल्सका निर्देशक प्रवलजंग पाण्डेले बताए । ‘यस अघि सरकारले व्यवसायीसँग सल्लाह नै नगरी एकतर्फी रुपमा मूल्य निर्धारण गरेकाले त्यसलाई हामीले नमानेका हौं,’ उनले भने, ‘अव मूल्य निर्मारण समितिले व्यवसायीसँग सहकार्य गरेर मूल्य निर्धारण गरेपछि समायोजन गर्ने छौं ।’ तर, नयाँ मूल्य कार्यान्वयनका लागि समितिले थपिएको समय भित्रै काम सक्नुपर्ने उनको भनाइ छ ।

उच्च स्तरिय मूल्य निर्धारण समितिले काम नसकेकाले समय थप गर्नुपरेको नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष तथा क्वेष्ट फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठले बताए । ‘पहिला थप गरिएको ४ महिनामा समितिले बैज्ञानिक पद्दति अनुसार मूल्य निर्धारण गर्न सकेन,’ उनले भने, ‘तसर्थ व्यवसायीले पुरानै मूल्यमा औषधि बेच्न पाउने गरी समय थप गरिएको हो ।’

Medicine-price

प्रतिक्रिया दिनुहोस्
MBL