Logo

अर्थसचिवमा डा. कृष्णहरि पुष्करको कमब्याक, ८ महिनापछि पुनः अर्थसचिवको जिम्मेवारी सम्हाल्दै

अर्थसचिवमा डा. कृष्णहरि पुष्करको कमब्याक, ८ महिनापछि पुनः अर्थसचिवको जिम्मेवारी सम्हाल्दै



काठमाडौं । अर्थ सचिवमा डा. कृष्णहरि पुष्कर कर्ण नियुक्त भएका छन् । केही समयअघि सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका डा.पुष्करलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैंठकले अर्थ सचिवमा नियुक्त गरेको हो ।

यसअघि राजस्व सचिव हुँदै अर्थ सचिव भएका पुष्करको पुसमा सरुवा गर्दै सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो । करिव ८ महिना सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका सचिव पुष्करलाई अघिल्लो हप्तामात्रै प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो ।

अहिलेको अवस्थामा अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको र सरकारको लक्ष्य अनुसार राजस्व समेत उठ्न नसेको अवस्थामा टार्गेट वेसमा काम गर्न सक्ने पुष्करलाई पुनः अर्थ सचिवको जिम्मेवारी दिइएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । पुष्कर आफुलाई दिईएको कुनै पनि जिम्मेवारी टार्गेट वेसमा सहजै पुरा गर्न सक्ने हिम्मलिता सचिव मध्येमा पर्दछन् ।

पुष्कर २०७८ असारमा सचिवमा बढुवा भएका थिए । उनी बढुवा भएसँगै राजस्व सचिवमा पदस्थापन भएका थिए । त्यसपश्चात कामु अर्थसचिवको जिम्मेवारी सहित डेढ वर्ष अर्थ मन्त्रालयका सचिवको रुपमा काम गरे । उनले तत्कालिन अर्थ मन्त्री जनार्दन शर्माको समयमा पनि कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL