Logo

एक महिनामै भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स, अहिलेसम्मकै रेकर्ड

एक महिनामै भित्रियो १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स, अहिलेसम्मकै रेकर्ड



काठमाडौं । नेपालमा एक महिनामै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार साउन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा नयाँ मासिक रेकर्ड कायम भएको छ ।

विदेशमा रहेका नेपालीले एकै महिनामा पठाएको विप्रेषण आकारले साउनमा रेकर्ड राखेको हो । गत असारमा भित्रिएको १ खर्ब ८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्सको रेकर्ड साउनमा तोडिएको हो ।

अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमयदर बढेको र रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या दिनानुदिन बढिरहेका कारण रेमिट्यान्स आप्रवाह ह्वात्तै बढेको हो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.८ प्रतिशतले र अमेरिकी डलरमा २१.५ प्रतिशतले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL