Logo

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या, शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगियो

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या, शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगियो



काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सः मिलमा हत्या भएका चार जनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रहरीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको जनाएको छ । दिव्य सः मिलभित्र गए राति खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा चार जनाको शव फेला परेको थियो ।

मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा वर्ष ७५ की शुभद्रा भुजेल रहेका छन् । यस्तै मोरङ घर भएका १९ वर्षका नवीन राई रहेको हत्या भएको थियो । धनकुटाका वर्ष २४ का दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL