Logo

खेलाडीलाई प्रधानमन्त्रीको आश्वासन : अब नियमावली बन्यो, घोषणा गरिएको सबै रकम निकासा हुन्छ

खेलाडीलाई प्रधानमन्त्रीको आश्वासन : अब नियमावली बन्यो, घोषणा गरिएको सबै रकम निकासा हुन्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीहरुलाई दिने भनिएको सबै रकम निकासा गर्ने बताएका छन् । बिहीबार एसियाली खेलकुदका लागि विदाई कार्यक्रममा प्रचण्डले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका हुन् ।

उनले केहि प्राविधिक कारणबस पहिले घोषाण गरिएको रकम उपलब्ध गराउन नसकिएको भन्दै अब सबै रकम प्रदान गर्ने बताएका हुन् ।

उनले हालसम्म घोषणा गरिएको रकम नियमावलीको अभावमा निकासा हुन नसकिएको बताएका थिए । अब भने नियमावली बनेर अर्थ मन्त्रालयबाट बिहीबार मात्र खेलकुद मन्त्रालयमा पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL