Logo

काठमाडौं र ललितपुरका यी स्थानमा भोलिदेखि ३ दिनसम्म विद्युत आपूर्ति बन्द हुने (सूचनासहित)

काठमाडौं र ललितपुरका यी स्थानमा भोलिदेखि ३ दिनसम्म विद्युत आपूर्ति बन्द हुने (सूचनासहित)



काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलिदेखि असोज १ गते सोमबारसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । टेकु सबस्टेसन स्तरोन्नति गर्न नेपाल विद्युत प्राधिकरणले स्यूचाटार–टेकु लाइन ३ दिन सट डाउन गर्नुपर्ने भएकोले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भोलि भदौ २९ गतेदेखि असोज १ गतेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको हो।

प्राधिकरणका अनुसार प्रथम चरण अन्तर्गत टेकू सबस्टेसनमा १ थान १३२ र ११ के.भी., ४५ एम.भी.ए. ट्रान्सफर्मर चार्ज गर्न स्यूचाटार तथा टेकू सबस्टेसनमा हाल ६६ के.भी. मा चार्ज रहेको स्विचगियर हटाउन, कन्डक्टर परिवर्तन तथा स्थानान्तरण गर्न र टेकूमा प्रसारण लाइन तर्फको तीन इएचभी केवल टर्मिनेसन गर्न तथा टेकू/स्युचाटार लाइन १३२ के.भी.मा चार्ज गर्ने स्यूचाटार/पाटन, स्यूचाटार/टेकू तथा स्यूचाटार के३ ६६ के.भी. प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएको छ ।

उक्त कार्य गर्दा टेकू, पाटन तथा के३ सबस्टेसन र सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको तल उल्लेखित वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा विद्युत सेवा प्रभावित रबन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL