Logo

आज सार्बजनिक बिदा, सेयर बजार तथा बैंक-वित्तीय संस्था पनि नखुल्ने

आज सार्बजनिक बिदा, सेयर बजार तथा बैंक-वित्तीय संस्था पनि नखुल्ने



काठमाडौं, । सरकारले आज सार्बजनिक बिदा दिएको छ । सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्बजनिक बिदा दिएको हो ।

आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिदैँछ । गत मंगलबार हृदयघातवाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएको हो । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाईएको छ ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्बजनिक बिदा दिईएको हो ।

सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

आज सेयर बजार बन्द हुने भएको छ । बिहीबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुनेछन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । बुधबार नेप्से सूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा अडिएको छ । नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL