Logo

सेयर बजारमा ३९.४८ अंकको उछाल, सबै उपसूचकमा हरियाली

सेयर बजारमा ३९.४८ अंकको उछाल, सबै उपसूचकमा हरियाली



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले उछाल आएको छ । आज बजार ३९.४८ अंकले बढेर २००७ को विन्दुमा कायम हुन पुगेको हो ।

बुधबार सेयर बजारमा १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा हरियाली छाएको छ । बुधबार कारोबार भएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज बरुण हाइड्रोपावरको शेयर मूल्य २२ रुपैयाँले प्रतिशतले बढेर प्रतिकित्ता २४२ रुपैयाँ पुगेको छ । शुभम् पावर लिमिटेडको शेयरमूल्य पनि ८१‍४० रुपैयाँले बढेर ८९६ रुपैयाँ पुगेको छ ।

थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले भने प्रतिशतका हिसाबले सबैभन्दा धेरै गुमाएका छन‍ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्यमा ८ प्रतिशत गिरावट आउँदा ३१३ रुपैयाँ काम भएको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज एनआइसी एसिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको ७ करोड ९३ लाख २५ हजार ३४७ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL