Logo

अर्घाखाँची सिमेन्टले दियो भवन निर्माण तालिम, निर्माण सामाग्री छनौटबारे जानकारी

अर्घाखाँची सिमेन्टले दियो भवन निर्माण तालिम, निर्माण सामाग्री छनौटबारे जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्घाखाँची ओपीसि सिमेन्टले सशस्त्र प्रहरी बलका प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम  दिएको गरेको छ । सशस्त्र प्रहरी बल हलचोकमा आयोजित एक कार्यक्रममा अर्घाखाँची ओपीसि सिमेन्टको तर्फबाट भूकम्प प्रतिरोधी भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट सम्बन्धि तालिम  प्रदान गरिएको हो ।

कार्यक्रममा  अर्घाखाँची ओपीसि सिमेन्टका इन्जिनियरले सशस्त्र प्रहरी बलका देशभरि कार्यरत प्राविधिकहरुलाई तालिम दिइएको थियो ।

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न सहयोगी हुने उदेश्यका साथ तालीम आयोजना गरिएको बताइएको छ । कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गरिएको थियो । साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी दिइएको थियो ।

उक्त तालिममा सहभागी सबै प्राविधिकहरुलाई कम्पनीका सिनियर मेनेजर (सेल्स एण्ड मार्केटिङ्) रमेश थापाद्वारा प्रमाण पत्रप्रदान गरिएको थियो । अर्घाखाँची सिमेन्ट कम्पनीले आगामी दिनमा अन्य संगठनहरुमा पनि भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा तालिम तथा जानकारी दिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्