Logo

नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको निर्णय, अन्त्येष्टिका दिन सार्वजनिक बिदा



काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदको आकस्मिक बैठकले उनलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको हो ।

यस्तै बैठकले उनको अन्त्येष्टिको दिन अर्थात बुधबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

नेम्वाङको हृदयघातका कारण राती करिव २ बजे त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्