काठमाडौं । चालु आर्थिक बर्षमा दूरसञ्चार उपकरण तथा पाटपुर्जाको आयात बढेको छ । सो अवधिमा यस्त सामग्रीको आयात १७ प्रतिशतले बढेको निर्यात व्यापार तथा प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।
टिइपीसीको तथ्यांक अनुसार चालु आवको ११ महिनामा नेपालमा २० अर्व ८३ करोड रुपैयाँ बराबरको दूरसञ्चार उपकरण आयात भएको थियो । जुन गत आवको सो अवधिको तुलनामा ३ अर्व ३१ करोड रुपैयाँले बढी हो ।
तथ्यांक अनुसार आर्थिक बर्ष ७१ ७२मा १९ अर्व ३१ करोड रुपैयाँको दूरसञ्चार उपकरण आयात भएको थियो ।