Logo

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, जानकारी दिन पत्रकार सम्मेलन गर्दै

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, जानकारी दिन पत्रकार सम्मेलन गर्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केपी ओलीको नेतृत्वमा गठित सरकारलाई दिएको समर्थन सत्तासाझेदार माओवादी केन्द्रले भर्खरै मात्र फिर्ता लिने निर्णय गरेको हो ।

केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकरुपमा जानकारी दिन केही वेरमै सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएको छ । साथै, प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पार्टीका नेता नेता जनार्दन शर्मा प्रभाकरलाई दिएका छन् । उनी पत्र बोकेर प्रधानमन्त्री कार्यालय बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास जाने स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्रको समर्थन फिर्तासँगै ओली नेतृत्वको सरकार संकटमा परेको छ । अव ओलीले राजीनामा दिने वा यही सरकारले मध्यावधिक चुनाव घोषणा गरेर अघि बढ्ने भन्ने विषयमा निर्णय लिन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL