Logo

ललिता निवास प्रकरण : १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कसलाई कति धरौटी ?

ललिता निवास प्रकरण : १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कसलाई कति धरौटी ?



काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका १७ जनालाइ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आईतबार थुनामा रहेका १८ जनामध्ये १ जनालाई साधारण तारेखमा र अन्य १७ जनालाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

जसमध्ये भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने विनोद पौडेल र कलाधर देउजालाई १५/१५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यस्तै अन्य अभियुक्तलाई भने १ लाखदेखि साढे ७ लाख रुपैयाँसम्म धरौटी तोकिएको छ ।

अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गरेको छ भने शिवजी भट्टलाई ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठलाई ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठलाई ७ लाख ५० हजार, घमन कुमार कार्कीदाक्ष्ए ७ लाख ५० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

यस्तै गोपाल कार्कीलाई ७ लाख ५० हजार, योगराज पौडेललाई ७ लाख ५० हजार, नारायणराज मिश्रलाई ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठलाई ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्याललाई ३ लाख ३० हजार र बाबुराजा महर्जनलाई १ लख १० हजार रुपैयाँ धरौटी तोकिएको छ ।

यसका साथै अदालतले देवनारायण महर्जनलाई १ लाख १० हजार, सकलानन्द महर्जनलाई १ लाख १० हजार, सञ्जय कुमार महर्जनलाई १ लाख १० हजार । लोकरि घिमिरेलाई ७ लाख ५० हजार रुपैयाँ धरौटी तोकिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्