Logo

सार्क स्तरीय कर सम्बन्धी सेमिनार शुरु, आर्थिक कुटनीतिक सम्बन्ध विस्तारमा सहयोग

सार्क स्तरीय कर सम्बन्धी सेमिनार शुरु, आर्थिक कुटनीतिक सम्बन्ध विस्तारमा सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्बन्धी सेमिानार शुरु भएको छ । ३ दिनसम्म चल्ने उक्त सेमिनारको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले उद्घाटन गरेका हुन् । पाकिस्तान वाहेक सार्कका सवै देश र सार्क सचिवालयका प्रतिनिधिहरु सम्मिलित उक्त सेमिनार बुधवारसम्म चल्ने छ ।

सेमिानारले अहिलेको विश्वव्यापीकरणको युगमा सीमा विहिन वित्तीय कारोवारहरुले ल्याएका अवसर र चुनौतिहरुको सम्बोधन साझा प्रयासबाट हुने शर्माले बताए । ‘सार्क देशका राम्रा अभ्यास र समस्याको आदन प्रदानले कर छलि तथा वित्तीय अपराध नियन्त्रण गर्न मद्दत गर्नेछ,’ उनले भने, ‘जसले गर्दा आपसी सम्बन्धलाई थप प्रगाढ बनाउदै लैजानुका साथै कर तथा वित्तीय छल कुनै देशको एकल प्रयासबाट सम्भव नहुने भएकाले सामूहिक प्रयासहरु अगाडि बढाउन जरुरी छ ।’

SAARC-TAx Commitee

सार्क मुलुकमा कर सम्बन्धी सन्धी सम्झौताको महत्वपूर्ण भूमिका हुने बताउँदै त्यस्ता सम्झौताले लगानीमैत्री वातावरण निर्माणमा थप सहयोग पुर्याउने उनको तर्क छ । यसैगरी, सेमिनारले कर सम्बन्धी सम्झौताका सिद्धान्त र व्यवहारिक कार्यान्वयनबीच रहेका खाडल कम गर्न सहयोग समेत उनले बताए ।

कार्यक्रममा सार्क सचिवालयकी निर्देशक एल. सावित्रीले यस्ता सेमिनारले सदस्य राष्ट्रको कर प्रशासनमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै उत्कृष्ट अभ्यासको आदान प्रदानले एक अर्काबीचको सन्धी सम्झौताको कार्यान्वयनमा थप सहजता ल्याउने बताइन । ‘यस्ता सम्झौताहरुले सार्क मुलुकहरुबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध समेतलाई थप मजबुत बनाउने छ,’ उलने भनिन्, ‘सार्क क्षेत्रमा क्षेत्रीय लगानी सम्बन्धी सम्झौताको टड्कारो आवश्यकता महसुश गरिएकोले सोको तयारी समेत भैरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL