Logo

रासन कार्ड लागू गर्न कमिटि गठन, ३ महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन

रासन कार्ड लागू गर्न कमिटि गठन, ३ महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले रासन कार्ड कार्यान्वयनमा ल्याउनका लागि कमिटि गठन गरेको छ । आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य बस्तुको सहज आपूर्तिको लागि रासन कार्ड लागू गर्ने सम्बन्धमा अध्ययन गर्न कमिटि गठन गरेको हो ।

मन्त्रालयको यहि असार २२ गतेको मन्त्रिस्तरीय निर्णयले कमिटि गठन गर्ने निर्णय गरेको हो । मन्त्रालयले सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा ६ सदस्यीय कमिटि गठन गरेको छ । जसमा सहकारी तथा गरिवी निवारण मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट उपसचिव, आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागका निर्देशक, कन्जुमर आई नेपाका अध्यक्ष विमला खनाल र आपूर्ति मन्त्रालय अन्तरगतकै बजार विश्लेषण शाखाका उपसचिव प्रेमप्रसाद अचार्य रहेका छन् ।

कमिटिलाई रासन कार्ड वितरण सम्बन्धमा छिमेकी मुलुकमा भएको व्यवस्थाको अध्ययन तथा विश्लेषण, रासन कार्डको आवश्यकता र औचित्य तथा कार्डको सफल कार्यान्वयनका लागि सरकारले अपनाउने विधिको वारेमा ३ महिना भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL