काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बिहीबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घटेर प्रतितोला १४ सय ५ रुपैयाँ पुगेको हो ।