Logo

एनआरएनलाई सेयर बजारमा भित्र्याउन फिटा परिवर्तन गर्नुपर्ने निष्कर्ष, लगानी स्वीकृतीको अधिकार बोर्डलाई दिन सुझाव (पूर्णपाठ)

एनआरएनलाई सेयर बजारमा भित्र्याउन फिटा परिवर्तन गर्नुपर्ने निष्कर्ष, लगानी स्वीकृतीको अधिकार बोर्डलाई दिन सुझाव (पूर्णपाठ)



काठमाडौं । नेपाल धितोपत्र बोर्डद्धारा गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा प्रवेश गराउनेबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा बोर्डले एनआरएनलाई सेयर बजारमा भित्र्याउनको लागि विदेशी लगानी हस्तातरण ऐन (फिटा) संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।

बोर्डले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन नगरी हालको अवस्थामा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी गर्न दिन सकिने अवस्था नभएको निष्कर्षसहितको प्रतिवेदन बोर्डमा बुझाएको हो ।

यसैगरी, धितोपत्रसम्बन्धी कानुन संशोधन गरी धितोपत्रको दोस्रो बजारमा हुने लगानी स्वीकृत गर्नेसम्मको अधिकार नेपाल धितोपत्र बोर्डलाई दिनुपर्ने सुझाव समितिले दिएको छ । प्रतिवेदनको दफा १५ विदेशी लगानी गर्ने स्वीकृतिका लागि निवेदन दिनुपर्ने र यस ऐनबमोजिम विदेशी लगानी गर्न चाहने विदेशी लगानीकर्ताले नेपालमा विदेशी लगानी भित्र्याउने समय तालिका तथा उद्योगमा लगानीको कार्ययोजनासहितको विवरण खुलाई विदेशी लगानी गर्ने स्वीकृतिको लागि तोकिए बमोजिमको ढाँचामा विवरणहरु खुलाई विदेशी लगानी स्वीकृत गर्ने निकायमा निवेदन दिनुपर्ने व्यवस्था प्रतिवेदनमा उल्लेख छ ।

यता बोर्डले विदेशी लगानी भित्र्याउनको लागि प्रतिवेदनको दफा १४ मा भनेको छ, ‘बाणिज्य बैंकसंग सम्झौता गर्न सक्ने ः ९१० यस ऐन बमोजिम लगानी गर्ने विदेशी लगानीकर्ताले नेपालमा गरेको आफ्नो लगानी सम्बन्धी कामको लागि आफ्नो साझेदार लगानीकर्ता वा अर्को विदेशी लगानीकर्ता र नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त कुनै वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकसंग सम्झौता त्रीपक्षीय सम्झौता अर्थात एग्रिमेन्ट गर्न सक्नेछ ।’

नेपालको संविधान भाग २ को दफा १४ अनुसार गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैर आवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।

उक्त व्यवस्थाअनुसार विदेशी नागरिकता लिएका नागरिकलाई नेपालमा लगानीको वातावरण मिलाउन धितोपत्र बोर्डले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो । बोर्डले तयार पारेको प्रतिवेदको भाग ४ को दफा (१२) स् गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने व्यवस्था गरिने जनाएको छ ।

प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
MBL