Logo

तीन वर्ष वित्दा पनि अन्यौलमै राफसाफ कोष : एक अर्बको लक्ष्य ७ करोडमात्रै संकलन, लगानीकर्ता बेखबर

तीन वर्ष वित्दा पनि अन्यौलमै राफसाफ कोष : एक अर्बको लक्ष्य ७ करोडमात्रै संकलन, लगानीकर्ता बेखबर



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सञ्चालनमा ल्याउने भनेको सेटलमेन्ट फण्ड (राफसाफ कोष) अन्यौलमा अवस्थामा रहेको छ । १ अर्बको लक्ष्य राखेर सञ्चालनमा ल्याउने भनिएको उक्त कोषमा गत असार समान्तसम्म ७ करोड १७ लाख रुपैयाँमात्र संकलन भएको छ ।

कोष संचालनको विषयमा लगानीकर्तामा जागरुकता नभएपछि उक्त कोष संचालन प्रक्रिया नै अन्यौलमा रहेको सेयर बजार जानकार ताराप्रसाद फुल्लेल बताउँछन । नियामक निकायले स्पष्ट नीति निमार्ण नगरेको कारण पनि यो कोषमा अन्यौलता रहेको उनी बताउँछन । ‘नियामक निकायले कोष सञ्चालनमा ल्याएको बारेमा कतैपनि स्पष्ट खुलाएको छैन,’ उनी भन्छन, ‘जसको कारण कोषको बारेमा धेरैजसो लगानीकर्तालाई अहिले के भइरहेको छ भनेर जानकारी नै छैन ।’

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना हुँदा उनले धितोपत्र बजारलाई व्यवस्थित गरी सेयर बिक्रीको रकम समयमै प्रदान गर्ने सुनिश्चितता गर्न १ अर्ब रुपैयाँ बराबरको राफसाफ कोष अर्थात् सेटलमेण्ट फण्ड स्थापना गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएका थिए । तर, बोर्डबाट निर्देशन आएको तीन वर्ष बितिसक्दा पनि उक्त कोष कार्यन्वनयमा आउन नसकेर अन्यौल अवस्था रहेको छ । बोर्डका पुर्ब अध्यक्ष ढुंगानाले २०६८ साल जेठ २० गते राफसाफ कोष सञ्चालन गर्न निर्देशन दिएका थिए । ‘पुर्ब अध्यक्षयज्युले उक्त कोष तत्काल सञ्चालनमा ल्याउनु भनेर निर्देशन दिनुभयो र सोअनुसार नेप्सेले काम पनि गरिरहेको छ,’ ‘नेप्सेका एक अधिकारी भन्छन, ‘तर, अहिलेसम्म उक्त कोषमा उहाँले भने अनुसारको रकम जम्मा भएको छैन भने त्यसको प्रयोगको लागि लगानीकर्ताहरुले पनि कुनै चासो देखाउनुभएको छैन ।’

राफसाफ कोष सञ्चालनमा ल्याउको लागि पहल गर्ने बोर्डका अध्यक्ष नै उक्त निर्देशन ल्याएको केहि समयपश्चात सर्वोत्तम सिमेन्ट प्रकरणमा परे । यता नेप्सेका तत्कालीन कार्यकारी निर्देशक (सिईओ) चन्द्रसिंह साउदले पनि सर्वोत्तम प्रकरणले गर्दा नेप्सेबाट राजीनामा दिनु पर्यो । त्यसपश्चात लामो समयसम्म बोर्ड र नेप्से कामचलाउ अधिकारीहरुको भरमा चलेको थियो । त्यस पछि बोर्डमा अध्यक्ष रमेश कुमार हमाल र नेप्सेमा कार्यकारी अधिकृतको रुपमा कृष्णबहादुर क्षेत्री नियुक्त भएर आए । ढुंगानाले ल्याएको राफसाफ कोषको एक अर्ब रुपैयाँ संकलन गर्ने नीतिलाई धितोपत्र बोर्डको तर्फबाट पहल नभएका कारण हाल कोषमा संचालनमा थप अन्यौलता देखिएको सम्बन्धित स्रोतको दाबी छ ।

लगानीकर्ताले बिक्री गरेको सेयरको पैसा ब्रोकर कम्पनीले समयमा नै भुक्तानी नगरेको भन्दै धितोपत्र बोर्डमा उजुरी पर्ने गरेका छन् । त्यस्ता समस्या समाधान गर्नको लागि धितोपत्र बोर्डले राफसाफ कोष सञ्चालनमा ल्याउन निर्देशन दिएको बोर्डका एक अधिकारी बताउँछन । बोर्डले सञ्चालन गर्न निर्देशन दिएको यस कोषमा जम्मा हुने रकममध्ये ५० प्रतिशत रकम धितोपत्र बजारबाट ३० प्रतिशत रकम राफसाफ गर्ने संस्थाहरुबाट र बाँकी २० प्रतिशत रकम ब्रोकर कम्पनीहरुबाट उठाउनुपर्ने बोर्डको निर्देशन थियो ।

राफसाफ कोषमा जम्मामा भएको रकम

गत आर्थिक वर्षको अन्त्यसम्म राफसाफ कोषमा जम्मा ७ करोड १७ लाख रुपैयाँ मात्र संकलन भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । नेप्सेका अनुसार यस कोषमा सबैभन्दा धेरै रकम एबिसि सेक्युरिटिज कम्पनीको रहेको छ । यस कम्पनीले कोषमा १७ लाख ९१ हजार ६ सय रुपैयाँ बराबर रकम जग्गा गरेको छ । यसैगरी नेपाल स्टक हाउसले आर्थिक वर्ष २०७९–०८० सम्ममा राफसाफ कोषको लागि १५ लाख ५९ हजार रुपैयाँ बराबरको रकम जम्मा गरेको छ ।

बाँकी कम्पनी सूचीमा

प्रतिक्रिया दिनुहोस्