Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको हो ।

बुधबार नेपाली बजारमा प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १ लाख १२ हजार रुपैयाँमा पुगेको हो ।

यस्तै आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ । बुधबार प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १४ सय १० रुपैयाँमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्