Logo

मन्त्रिपरिषदको बैठक बस्दै, विभिन्न महत्वपूर्ण निर्णय हुने

मन्त्रिपरिषदको बैठक बस्दै, विभिन्न महत्वपूर्ण निर्णय हुने



काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

‘मंगलबार बस्नुपर्ने नियमित बैठक आज बस्न लागेको हो’, उनले भने । उनका अनुसार मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसद्मा पठाउने निर्णय गर्ने अपेक्षा गरिएको छ । किनकी केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद् बैठकबाट संघीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसद्मा पठाइने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL