Logo

विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका–संसद्को बैठकले विनियोजन विधेयक, २०७३ लाई पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गरेमने उक्त विधेयकलाई सभासदहरुले बहुमतले पारित गरेका हुन् । विधेयक पारितसँगै सरकारलाई खर्च बजेटमा विनियोजित रकम खर्च गर्न बाटो खुलेको छ ।

यस्तै आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ भने राष्ट्र ऋण उठाउने विधेयक, २०७३ लाई पनिे सर्वसम्मतिले स्वीकृत गरेको छ । आर्थिक विधेयक, २०७३ माथिको दफाबार छलफल भने यही असार २९ गते हुने भएको छ ।

यस्तै ऋण तथा जमानत विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्