Logo

नेपाली क्रिकेट खेलाडीलाई सिटिजन्स लाईफको पुरष्कार घोषणा, हरेक विकेटमा ५ लाखको बीमा

नेपाली क्रिकेट खेलाडीलाई सिटिजन्स लाईफको पुरष्कार घोषणा, हरेक विकेटमा ५ लाखको बीमा



काठमाडौं । सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट टोलीलाई पुरष्कारको घोषणा गरेको छ । एशिया कप अन्तर्गत भारत र नेपालबीच भईरहेको खेललाई केन्द्रित गर्दै कम्पनीले उक्त पुरष्कार घोषणा गरेको हो ।

जसअन्तर्गत आजको खेलमा नेपाली टोलीले लिएको एक विकेट बराबर ५ लाख रुपैयाँ बराबरको बीमा सेवा उपलब्ध गराईनेछ ।

यस्तै कम्पनीले हरेक छक्कामा १ लाख र हरेक चौकामा ५० हजार रुपैयाँ बराबरको बीमा सेवा उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले यो बीमा सुविधा भारतविरुद्ध प्रहार गर्ने खेलाडीलाई उपलब्ध गराउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL