Logo

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १३ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आईतबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १४ सय ६५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्