Logo

अर्ना बियरको घोषणा : भारतविरुद्धको खेलमा प्रत्येक छक्का र विकेटमा १ लाख पुरस्कार

अर्ना बियरको घोषणा : भारतविरुद्धको खेलमा प्रत्येक छक्का र विकेटमा १ लाख पुरस्कार



काठमाडौं । अर्ना बियरले भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्काबापत नेपाली क्रिकेट टिमलाई पुरस्कार दिने घोषणा गरेको छ। यती ब्रुअरीको उत्पादन अर्ना बियरले भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

यति ब्रुअरीका प्रबन्ध निर्देशक अरुण केसीले एसिया कपमा नेपाल पुग्नु नै गौरवको विषय भएको बताउँदै खेलाडीहरुको उत्साह बढाउन पुस्कार घोषणा गरेको बताए । ‘यो खेलमा जित हार भन्दा पनि सबै नेपाली क्रिकेटप्रेमीको उत्साहमा हामी पनि थप उत्साह थप्न अगाडि सरेका हौं । पाकिस्तानविरुद्धको म्याचमा पनि हामलिे घोषणा गरेअनुसार ३ खेलाडीले १–१ लाख जितिसक्नुभएको छ । आजको म्याचमा नेपाली खेलाडीहरुले धेरैभन्दा धेरै राम्रो खेलेर थप पुस्कार दिन पाउँदा खुशी हुनेछौं’ केसीले भने ।

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज दिउँसो श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ। श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच आज समूह चरणको अन्तिम खेल हुँदैछ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL