Logo

अन्तरराष्ट्रिय सहकारी महासङ्घको साधारणसभा हुँदै, जडीबुटी,मह र ट्राउटसम्बन्धी छलफल

अन्तरराष्ट्रिय सहकारी महासङ्घको साधारणसभा हुँदै, जडीबुटी,मह र ट्राउटसम्बन्धी छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय सहकारी महासङ्घको एसिया–प्यासिफिक सङ्गठनको साधारणसभा असार २८ देखि हुने भएको छ । काठमाडौंमा हुने सो सभा ३० गतेसम्म चल्ने बताइएकाृ छ ।

हरेक दुई वर्षमा हुने सो साधारणसभामा इरान, फिलिपिन्स, थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, चीन, नेपाल तथा भारतका २० संस्थाका २ सय ५० जनाको सहभागिता रहने बताइएको छ ।

कृषि सहकारीको विकास सञ्जालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । सभामा जडीबुटी, मह र चिसो पानीको माछा ट्राउटसम्बन्धी छलफल हुने र भारत र फिलिपिन्सबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले नेपालमा सहकारीमार्फत जडीबुटी, मह तथा ट्राउट माछाको विकास तथा प्रवद्र्धनको सम्भावना भएकाले यो सम्भावनालाई यथार्थमा परिणत गर्न यो कार्यक्रम आयोजना गरेको बताए ।

सो अवसरमा कृषि केन्द्रीय सहकारी सङ्घका अध्यक्ष खेम पाठकले देशका आर्थिक विकासको पूर्वाधारको रुपमा सहकारी रहेकाले यसको विकासका लागि सरकार, सहकारीमा लाग्ने व्यवसायीको ध्यान जानुपर्ने बताए । त्यस्तै भारतका वरिष्ठ सहकारी विशेषज्ञ दमन प्रकाशले नेपालले सहकारीको विकासबाट धेरै लाभ लिन सक्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्