Logo

बालेनको सिंहदरबारमा आगो लगाउने धम्की, श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछिको आक्रोश भएको खुलासा

बालेनको सिंहदरबारमा आगो लगाउने धम्की, श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछिको आक्रोश भएको खुलासा



काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक संजालमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएको विषय चर्चामा रहेको छ ।

शनिबार राति करिब १० बजे मेयर बालेनले फेसबुकमा लेखेका छन- ‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

बालेन आक्रोसित हुनुको कारण उनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको कारण खुल्न आएको छ । बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोकेको थियो ।

शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीले रोकेको र बिदाको दिन सरकारी गाडी चलाउने अनुमति मागिएको थियो ।

गाडी मेयर बालेनको भएको बताएपछि २-३ मिनेटपछि छोडिएको बुझिएको छ । ट्राफिक प्रहरीले भने नियमित चेकिङकै क्रममा रोकिएको बताएको छ । यो घटनापछि बालेनले यसको आर्कोश सामाजिक सञ्जालमा पोखेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL