Logo

सेजनमा नयाँ कार्यसमिति चयन : अध्यक्षमा ओली, उपाध्यक्षमा वञ्जारा (नामावलीसहित)

सेजनमा नयाँ कार्यसमिति चयन : अध्यक्षमा ओली, उपाध्यक्षमा वञ्जारा (नामावलीसहित)



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार सम्पन्न २५औं वार्षिक साधारणसभामा भएको निर्वाचनमाबाट नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा सुजन ओली ९९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले मत ९६ प्राप्त गरेका हुन् ।

यस्तै उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन् । सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भैसकेका छन् ।

त्यस्तै सेजनको सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन भने प्रत्यासी मुना कुँवरले ७९ मत पाएकी छिन् । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । उनले १६० मत पाएका छन् भने प्रत्यासी कमला अर्यालले ८५ मत ल्याएकी छिन् ।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका छन् । सेजनको निर्वाचनमा २५२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL