Logo

मुटुमा समस्या आएपछि पूर्व युवराज पारस शाह अस्पताल भर्ना, यस्तो छ अवस्था

मुटुमा समस्या आएपछि पूर्व युवराज पारस शाह अस्पताल भर्ना, यस्तो छ अवस्था



काठमाडौं । पूर्व युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या आएपछि उनलाई ह्याम्स हस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । मुटुमा असहज भएपछि शाहलाई अस्पताल ल्याइएको अस्पताल स्रोतको भनाइ छ ।

अस्पतालका निर्देशक डा। ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ । तर मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको हो ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् । उनमा यसअघि पनि मुटुमा समस्या देखिएपछि उपचारपछि निको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL