Logo

लुम्बिनी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकलाई निर्जीवन बीमा गर्न सहज

लुम्बिनी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकलाई निर्जीवन बीमा गर्न सहज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लुम्बिनी बैंक लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । शुक्रवार एक कार्यक्रमवीच सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख(बजार व्यवस्थापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट नायव महाप्रवन्धक तुलसी नारायण मानन्धरले हस्ताक्षर गरे ।

यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकले निर्जीवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको लुम्बिनी बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्