काठमाडौ । गोरखामा मध्यम लगानीको रिसोर्ट खुल्ने भएको छ । करिव २० करोड रुपैयाँ लगानीमा गोरखाको गोरखा नगरपालिका २ मा उक्त रिसोर्ट संचालनमा आउन लागेको हो ।
माइन्डफुल स्केप एण्ड रिसोर्ट प्रालिले ६५ बेड र ६० जनासम्म बस्न मिल्नेगरी रेष्टुरेन्टसहित उक्त रिसोर्ट संचालनमा ल्याउन लागेको हो । शतप्रतिशत विदेशी लगानी रहने उक्त रिसोर्टको कुल पुँजी २० करोड रुपैयाँ तोकेर भदौ ४ गते उद्योग विभागमा दर्ता भएको छ ।