Logo

एसिया कप : नेपालले लियो दुई विकेट, पाकिस्तानका आक्रामक ब्याट्सम्यान जमान र हक आउट

एसिया कप : नेपालले लियो दुई विकेट, पाकिस्तानका आक्रामक ब्याट्सम्यान जमान र हक आउट



काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । पाँचौं ओभरको तेस्रो बलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।

यस्तै छैटौं ओभरको पहिलो बलमा नेपाली बलर सोमपाल कामीले पाकिस्तानी ब्याटसम्यान इमाम उल हकलाई आउट गरेका हुन् । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सातौं ओभरसम्म २ विकेटको क्षतिमा २९ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL